काठमाडौं, ७ वैशाख । रक्षा रजनसंख्या तथा वातावरण मनत्रालयका सचिव रिक्त भइसकेका छन् भने वैशाखभित्र थप तीन सचिव अवकाश हुँदैछन् ।
गएको चैत १८ गते जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विजयकुमार मल्लिक र चैत ३० मा रक्षा सचिव जयमुकुन्द खनालले अवकाश पाए । दुष्टि साप्ताहिकले समाचार छापेको छ ।
वैशाख ११ गते शन्तिा तथा पुननिर्माण मन्त्रालयका सचिव ईश्वरी पौडेल र वैशाख २० मा मध्यमाञ्चल क्षेत्रीय प्रशासक लक्ष्मीप्रसाद ढकालले पनि अवकाश पाउँदैछन् ।
वैशाख ३० मा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव सुरेशप्रसाद आचार्य पनि उमेरहदले अवकाश पाउनेछन् ।
लोकसेवा आयोगले रिक्त दुई सचिव बढुवाका लागि ६ सहसचिवको नाम सिफारिस गरेको छ । आयोग अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा वैशाख ३ गते बसेको बैठकले बरिष्ठताका आधारमा सहसचिवको नाम सरकारसमक्ष सिफारिस गरेको छ ।
सचिवका लागि सिफारिस हुने सहसचिवमा प्रशासन समूहका लोकप्रसाद आचार्य, मुकुन्दराज प्रकाश घिमिरे, लोकहरि पाण्डे छन् भनेप्राविधिकतर्फबाट विश्वनाथ ओली, सुरोज पोखरेल र युवकध्वज जिसी रहेका छन् ।
आयोगले सिफारस गरेका सहसचिवमध्येबाट सरकारले सचिव बढुवा गर्न सकने कानुनी व्यवस्था छ ।















प्रतिक्रिया