काठमाडौं, ७ वैशाख । भूकम्पपीडितका नाममा चीनले दिएको १९ सय ९७ बोरा चामल सशस्त्र प्रहरीको मुख्यालयको गोदाममा थन्किएको छ ।
चामल गृह मन्त्रालयको लापरबाहीका कारण गोदाममा थन्किएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
महालेखा परीक्षकको प्रतिवेदनअनुसार भूकम्पपीडितका नाममा आएको चामल लगायत राहत सामग्री लक्षित वर्गसम्म पुग्न नसक्दा म्याद गुज्रने अवस्थामा पुगेको उल्लेख छ ।
यसरी राहत सामग्री गोदाममै थन्किँदा पीडितले पाउन सकेनन् । ७ हजार ६ सय ५० कार्टुन मिनिरल वाटर, २ सय ३६ कार्टुन टेन्ट वितरण नगरी गोदाममै मौज्दात छ ।
सशस्त्र प्रहरीका प्रवक्ता एवं डिआईजी शैलेन्द्र खनालले गोदाममा राहत सामग्री नभएको दाबी गरेका छन् । ‘राहत आउनेबित्तिकै भूकम्पपीडितका लागि पठाइसकेका छौं’, उनले भने, ‘प्रतिवेदनमा कसरी उल्लेख भयो, थाहा भएन ।’















प्रतिक्रिया