काठमाडौं, ७ वैशाख । अघिल्लो र यस साता जापान, इक्वेडर, अफगानिस्तानलगायत मुलुकमा आएका ठूला भूकम्पका कारण नेपाली पनि त्रसित बने, कतै नेपालमा फेरि गत वैशाख १२ को जस्तै भूकम्प आउँछ कि भनेर ।
तर, भूकम्पको भविष्यवाणी गर्न नसकिएपनि यसको विगतको प्रवृत्ति हेरेर वैज्ञानिकले नतर्सिन आग्रह गरेका छन् ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार नेपालमा प्रत्येक वर्ष चार रेक्टर स्केलमाथिका भूकम्प ५० पटकभन्दा बढी भएका छन् । ‘ती प्रत्येक भूकम्पका आफ्नै परकम्प आउँछन्’, अधिकारीले भने, ‘वैशाख १२ गतेपछि मात्र नेपालीहरुको मानसिकतामा परिवर्तन भएर भूकम्पप्रति सजगता र भय बढेको हो ।’
अधिकारीका अनुसारविश्वभरि १५ लाखपटक भूकम्प जान्छ । सामान्यतया प्रत्येक वर्ष विश्वमा कहीं न कहीं ८ रेक्टर स्केलका भूकम्प एकपटक गएको देखिन्छ ।
एक वर्षमा सातदेखि ७.९ रेक्टर स्केलका भूकम्प १५ पटक जाने गरेको अधिकारीले बताए ।
नेपाल भूकम्पीय जोखिमका हिसावले विश्वको १० औँ स्थानमा पर्छ । वैशाख १२ अघिसम्म पनि भूकम्पसम्बन्धी चेतना र चासो नभएका कारण सुरक्षातर्फ ध्यान नपुगेको अधिकारीको भनाई छ ।















प्रतिक्रिया