काठमाडौँ, ६ वैशाख । इलाका प्रहरी कार्यालय खैरहनी चितवनका कार्यालय प्रमुख प्रहरी निरीक्षक अम्बिकाप्रसाद गुप्ता अख्तियार दुरुपायोग अनुसन्धान अयोगको फन्दामा परेका छन् ।
सोमबार आयोगले प्रहरी निरीक्षक गुप्ताविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार प्रहरी निरीक्षक गुप्ताले थुनामा रहेका एक व्यक्तिलाई छुटाइदिने भन्दै आठ हजार घुस लिँदालिँदै पक्राउ परेका थिए ।
घुसबापत लिएको रकम बरामद गरी अनुसन्धान गर्दा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसारको कसुर गरेको पुष्टि भएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ । रासस













प्रतिक्रिया