१७ कार्तिक २०८३, मंगलबार

अन्तरजातीय बिबाह गर्ने जोडी समाजमा अपहेलित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bajura-antrjatiya– भोबिन्द्र शाह
बाजुरा, ६ वैशाख । बाजुरा जिल्लामा अन्तरजातिय बिबाह गर्ने जोडीहरु समाजमा अपहेलित भइ बाँच्न बाध्य बनेको अन्तरजातीय बिबाह गर्ने जोडीहरुले बताएका छन् ।

दलित अछुत जाती भनेर बर्षाै देखि हेपीदै चेपिदै आएका दलितहरु समाजमा अन्तरजातीय बिबाह गरेर एकजुट भएको भन्दै उनीहरुलाई पोत्साहन स्वरुप नेपाल दलित समाज मञ्च बाजुराले गरेको अन्तरजातीय बिबाह गर्ने जोडी सम्मान कार्यक्रममा उक्त गुनासो गरेका छन ।

नेपाल दलित समाज मंच बाजुराले गरेको सम्मान कार्यक्रममा बाजुरा जिल्लाकामा बसोबास गर्दै आईरहेका अन्र्तराजातीय सम्मानीत हुने जोडीहरुमा गोरख बिक धनी ऐडी, दिपक बिक संचिता खड्का, बिनपुरा सिंह खगेन्द्र सार्की, बिशाल बिक बसन्ती रावल, प्रेम सार्की, सरिता नेपाली, गोरख सार्की अप्सरा ऐडी, रहेका छन् । समाजमा दलित र गैर दलित बिच बिभेदको ठुलो खाडल ब्याप्त रहदै आएको भएपनि पछिल्लो समयमा दलित र गैर दलित बिच खासै पानी बाराबारको स्थिती नभएको दलित अगुवा काल्चे दमाइले बताए ।

बिस २०४४ सालमा भागेर अन्र्तरजातीय बिबाह गरेका गोरख बिक आफुले तत्कालिन समय पन्चायती ब्यबस्था भएकाले आफुले बिबाह गर्दा सरकारबाट नै गोली हान्ने आदेस आउदा दुइ बर्ष भागेर भारतको नयाँ दिल्लीमा गएर ज्यान बचाएको बताउँछन । दलितले खाएको भाडा समेत चोखा छिटा राखेर मात्र गैर दलितले घर भित्राएने चलन अझै पनि जिल्लाको दुरदराजमा ब्याप्त रहेको श्रीमती बिनपुरा सिह सार्कीले बताइन । अन्र्तरजातीय बिबाह गरेकै कारण आफुहरु माइती घर जानबाट बन्चित भएको संञ्चिता खड्काले दुखेसो गरिन । समाजमा अन्र्तरजातीय बिबाह गरेकै कारण आफुले एसएलसि पास भएको प्रमाण पत्र माइतीहरुले नदिदा आफु उच्च शिक्षाबाट बञ्चित रहनु परेको बडिमालिका नगरपालिका १२ की बसन्ती रावल बिकले बताइन ।

सरकारले देशलाइ अन्र्तरजातीय बिबाह गर्ने जोडीलाई प्रोत्साहन स्वरुप एक लाख प्रदान गर्ने नीती भएपनि ब्यबहारीक रुपमा लागु हुन नसकेको बाजुरा जिल्लाका समानुपातिक तर्फका सभासद कर्ण बहादुर बिकले बताए । समाजमा अझै पनि कुसंकार, कुरुतीले जरो गाडी रहेका कारण प्राय अन्र्तरजातीय बिबाह गर्ने जोडीहरु समाजमा अरु जाती सरहै जीवन ज्युनमा कठिन भएको उनीहरुको गुनासो रहेको छ ।