१७ कार्तिक २०८३, मंगलबार

भारत लैजादै गरेका बर्दियाका ८ बालकलाई प्रहरीले गर्यो उद्धार

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Source: Google Maps

– सुदीप अधिकारी
बर्दिया, ६ वैशाख । ललाईफकाई दलालले भारत लैजादै गरेको अवस्थामा ८ जना बालकलाई प्रहरीले उद्धार गरेको छ ।

भारतको देहरादुन लैजादै गरेको अवस्थामा शसस्त्र प्रहरी सीमा सुरक्षा बलले सिमावर्ती गाउँबाट बालकहरुलाई उद्धार गरेको हो ।

बालकहरुलाई ललाइफकाई भारत लैजादै गरेका गुलरिया नगरपालिका– ११ सुरजपुर बस्ने ६२ वर्षीय दलाल जुद्धबहादुर घर्तीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले गुलरिया नगरपालिका वडा नं ११ बस्ने वर्ष १४ का बालक प्रेम लोध, ११ वर्षीय फौदा धोवी, १३ वर्षीय शक्ति वाडिया, १५ वर्षका बालक सुनिल लोधलाई उद्धार गरेका हो । यसैगरी प्रहरीले गुलरिया नगरपालिका १६ वर्षीय गोविन्द खड्का, वर्ष १६ का मदन गिरी, वर्ष १६ प्रदिप लोध र वर्ष १६ कै लवकुश लोधलाई पनि उद्धार गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

शसस्त्र प्रहरीले शंका मानेर सोधपुछ गर्दा उनीहरुलाई दलालले फकाएर कामका लागि भारत लैजान लागेको खुलेको हो । अभिभावकहरुलाई सम्पर्क गरेर बालकलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।