अछाम, ६ बैशाख । जिल्लाको विकास र जनजिबिकाका सवाललाई संचारकर्मीले शशक्त रुपमा उठाउनुपर्ने अछाम सदरमुकाम मंगलसैनमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् ।
राज्यको चौथो अंगका रुपमा रहेको संचारमाध्ययमको कारण थुप्रै अनियमितता, भ्रष्टाचार तथा ढिलासुस्तीमा सुधार आएको भन्दै आगामी दिनमा पनि संचारमाध्ययमले नागरिक खबरदारीको काम गर्नुपर्ने प्रेस चौतारी अछामले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका सहभागी वक्ताहरुले बताएका हुन् ।
जिल्ला अध्यक्ष टेकराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै पूर्व सभाषद तथा एमाले अछामका अध्यक्ष शेर बहादुर कुँवरले जिल्लाको विकास तथा शुशासनका लागि संचारमाध्ययमबाट बुलन्द आवाज उठाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सभाषद कुवँरले संविधान कार्यान्वयन, देशलाई अघि बढाउने, जिल्लाको कला सस्कृतिको जर्गेना, विकासमा प्रभावकारीताका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने भएकोले यसमा लाग्न आव्हान गर्नुभयो ।
यस्तै एमाले प्रचार विभाग प्रमुख भीम जनालाले जिल्लाका विभिन्न सवाल उठानमा पत्रकारले खेलेको भूमिका महत्वपूर्ण भएको भन्दै नेकपा एमालेले देश निर्माण र जनजिविकाका सवालमा अघि सारेका नीति तथा कार्यक्रम जनतामाझ पुर्याउन सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष नरबहादुर रावलले शैक्षिक गुणस्तर वृद्धि, जिल्लाको विकास र सुशाशनका लागि संचारकर्मीले शशक्त रुपमा लाग्नुपर्ने बताउनु भयो । कार्यक्रममा जिल्ला स्थित विभिन्न संचारकर्मीले जिल्लाको विकासका लागि महत्वपूर्ण भूमिका खेलेको र आगामी दिनमा पनि निरन्तर लागिरहने बताउनुभयो ।












प्रतिक्रिया