२५ कार्तिक २०८३, बुधबार

स्थानीय सहायक मन्त्री विराज विष्टलाई बर्खास्त गर्ने कमल थापाको निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biraj-Bista

काठमाडौं, ६ वैशाख । राप्रपा नेपालले स्थानीय विकास सहायक मन्त्री बिराजबहादुर विष्टलाई पदीय मर्यादा विपरीत कार्य गरेको भन्दै फिर्ता बोलाउने निर्णय गरेको छ ।

कार्यसम्पादन समितिको आज काठमाडौंमा बसेको बैठकले विष्टलाई फिर्ता बोलाउनका लागि प्रधानमन्त्री केपी ओलीलाई पत्रपठाइएको सहप्रवक्ता मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठकले पदीय मर्यादा विपरीत पार्टीको बृहत्तर हित र एकतामा आघात पुग्ने गतिविधिमा संलग्न संघीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री बिराजबहादुर बिष्टलाई पदबाट फिर्ता बोलाउने प्रधानमन्त्री केपी ओली समक्ष पत्राचार गर्ने निर्णय गरेको छ । बैठकको निर्णय बमोजिम आजै अपरान्ह सो सम्बन्धि पत्राचार प्रधानमन्त्री कार्यालयलाई जानकारी गराउँदछु ।’

आन्तरिक विषयमा विवाद हुँदा राप्रपा नेपालका अध्यक्ष थापाले विष्टलाई राजीनामा गर्न दबाब दिँदै आएका थिए ।