
काठमाडौं, ६ वैशाख । घरेलु मैदानमा भएका दुवै खेलमा नामिबियालाई पराजित गर्दै नेपालले आईसीसी क्रिकेटको अंक तालिका उल्लेख्य सुधार गरेको छ ।
खेल सकिएपछि आईसीसी भर्खरै सार्वजनिक गरेको अंक तालिकामा नेपाल शीर्ष पाँचमा उक्लिएको हो ।
विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरर्गत सोमबार भएको दोस्रो खेलमा नामिबियालाई ३ विकेटले हराएको नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा छानिने सम्भावना पनि जिवितै कायम राखेको छ । यसअघि शनिबार भएको खेलमा पनि नेपालले नामिबियामाथि ५ विकेटको जित हात पारेको थियो ।
आज सार्वजनिक अंक तालिकामा युएई, नामिबिया र पिएनजीलाई उछिन्दै नेपाल आठ राष्ट्र सहभागी अंकतालिकाको पाँचौ स्थानमा उक्लेको छ । २०१७ को मध्यसम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोली २०१८ मा बंगलादेशमा हुने विश्वकप छनोटमा पुग्ने छन् । जसमा नेपालले अबको एक खेलमा जित हात पारे विश्वकप छनोट खेल्न पाउनेछ ।
हेर्नुस् अंक तालिकाः













प्रतिक्रिया