काठमाडौं, ६ वैशाख । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नामिबियाबिरुद्धको खेलमा नेपालका कप्तान पारस खड्काले शतक पुरा गरेका छन् ।
कीर्तिपुरस्थित घरेलु मैदानमा अहिलेसम्मका रेकर्ड तोड्दै निरन्तर चौका र छक्काको मद्दतमा पारसले ८९ बलमा १०० रन पुरा गरे ।
शतक हानेसँगै पारस आउट भएका छन् । उनले ४०.२ ओभरमा स्नीम्यानको बलमा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए । पारस १०३ रन बनाएर आउट भएका हुन् ।
खेलमा शरदले भेषवाकरले अर्धसतक पुरा गरेका हुन् । दुबैको उत्कृष्ट प्रदर्शनले नेपाल जितनजिक पुगेको छ ।













प्रतिक्रिया