काठमाडौं, ६ चैत । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भएको दोस्रो खेलमा नामिबियाले नेपालसामू २४० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले केहीबेरमा जवाफी व्याटिङ गर्दैछ ।
टस हारेर व्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २४९ रन बनायो ।
नामिवियाका स्टेफन बार्डले सर्वाधिक ५१ रन जोडे । यस्तै जेन ग्रिनले ४७ रन र सारेल बर्गर ४३ रनमा नटआउट रहे ।
नेपालका लागि बसन्त रेग्मी, शक्ति लामिछाने र सन्दिप लामिछानेले समान २–२ विकेट लिए । सागर पुनले १ विकेट लिए ।
नामिबियाविरुद्ध शनिबार भएको पहिलो खेलभन्दा नेपालले आज एकदमै ठूलो स्कोरको चुनौति पाएको छ ।













प्रतिक्रिया