१८ कार्तिक २०८३, बुधबार

बर्दिया शिक्षक संगठनले गर्यो सेवानिवृत शिक्षकलाई सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bardiya-Teacher-samman

– सुदीप अधिकारी
बर्दिया, ५ वैशाख । नेपाल राष्ट्रिय शिक्षक संगठन बर्दियाले लामो समयसम्म शिक्षण पेसा गरेर हालै सेवानिवृत भएका शिक्षकहरुलाई सम्मान गरेको छ ।

३७ औँ शिक्षक दिवस तथा संगठनको १३ औँ जिल्ला परिषदको अवसरमा सेवा निवृत शिक्षकहरुलाई सम्मान गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष खुमलाल शर्मा र नेपाल शिक्षक महासंघका महासचिव तिलक कुवरले संयुक्तरुपमा शिक्षकहरुलाई सम्मान गरेका हुन् ।

यसैगरी शिक्षक संगठनले बर्दियामा शिक्षक संगठन स्थापना गर्ने संस्थापकहरुलाई पनि सम्मान गरेको छ । कार्यक्रममा गत वर्षको एसएलसी परीक्षामा जिल्ला टप गर्ने विद्यार्थीलाई पनि सम्मान गरिएको थियो । यसैगरी १३ औँ दक्षिण एशीयाली खेलकुुद प्रतियोगितामा खोखो खेलमा सहभागी भई कास्य पदक विजेता बर्दियाका ४ जना खेलाडी पनि सम्मनित भएका छन् ।

शिक्षक दिवस तथा शिक्षक संगठनको १३ औँ जिल्ला परिषदको अवसरमा शिक्षक संगठनद्धारा प्रकाशित शिक्षक सन्देश पुस्तकको विमोचन गरियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष लोकमणी आत्रेयको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संगठनमा आवद्ध करिव २ सय शिक्षकहरुको उपस्तिथी रहेको थियो । कार्यक्रममा विभिन्न विद्यालयका ३० जना शिक्षकले नेपाल राष्ट्रिय शिक्षक संगठनको आजिवन सदस्यता लिएका थिए ।

शिक्षक दिवस तथा शिक्षक संगठनको १३ औँ जिल्ला परिषदको अवसरमा शिक्षक संगठनद्धारा प्रकाशित शिक्षक सन्देश पुस्तकको विमोचन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष खुमलाल शर्मा र नेपाल शिक्षक महासंघका महासचिव तिलक कुवर ।