१ कार्तिक २०८३, शनिबार

यी हुन हजार-हजारका नोटले भरिएको रातो झोला भेट्टाउने प्रहरी जवान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Makkulal-Tharu

ललितपुर, ५ वैशाख । राजधानीमा आइतबार विहानै एक जना प्रहरी जवानले हजारौ रुपैयाँले भरिएको रातो झोला फेला पारेका छन् ।

महानगरी प्रहरी वृत सातदोबाटोमा कार्यरत प्रहरी जवान मक्कुलाल थारुले डियुटीमा खटिएका बेला सातदोबाटो चोकमा वेवारिशे रातो झोला फेला पारेको ललितपुर प्रहरीका प्रवक्ता डीएसपी किसन सिंह थापाले जानकारी दिए । 

नगद तथा सरसमान भेटिएको उक्त झोलालाई ललितपुर प्रहरीले सुरक्षित साथ राख्दै हराएका व्यक्तिलाई स–प्रमाण प्रहरी परिसर ललितपुरमा सम्पर्क राख्न आग्रह समेत गरेको छ । 

उक्त झोलामा ३७ हजार ८६५ नगद, १६५० भारतीय रुपैयाँ, महिलाका कपडाहरु र पुजाका सामाग्रीहरु भेटिएका छन् ।

जवान थारुले इमान्दारिताका साथ वेवारिशे भेट्टाएको पैसाले भरिएको झोला आफ्नो कार्यालयमा बुझाएर सभ्य मानवको परिचय पनि दिएका छन् ।