
काठमाडौं, ४ वैशाख । राजधानीमा शनिबार अर्काे सवारी दुर्घटना भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गोकर्णेश्वर नगरपालिका-१५ माकलबारीस्थित सडकमा बा.१ ज ६२१७ नम्बरको माइक्रोबस र बा.३४ प ५४६९ नम्बरको मोटरसाइकल शनिबार एकआपसमा ठोक्किएका छन् ।
यो दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने सिन्धुली दुधौली-३ का २७ वर्षीय भक्तबहादुर बिकको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको छ ।
माइक्रोबस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।












प्रतिक्रिया