१७ कार्तिक २०८३, मंगलबार

मेडिक मोबाईलबाट जिल्लाका १८ सय भन्दा बढि गर्भवती लाभाम्वित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Health-staff-lady

– रबिना बोहरा
बागलुङ, ४ बैशाख । गर्भवती महिलाको गर्भ जाँचमा थप टेवा पुर्याउनका लागि जिल्ला स्वास्थ्य कार्यालय बागलुङले सुरु गरेको मातृ स्वास्थ्य सुरक्षा समन्वयका लागी मोबाईल स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

मेडिक मोबाईलको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमै पहिलो पटक बागलुङमा गर्भवति महिलाको सम्पुर्ण जानकारी मोबाईलमा राखेर महिला स्वास्थ्य स्वयंमसेविका मार्फत गर्भवतिको स्वास्थ्य परिक्षणण गर्ने उद्देश्यले गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको हो । जिल्लाको ग्रामिण भेगमा मातृ शिशु मृत्युदर कम गर्न गर्भवति महिलाको सुरक्षित स्वास्थ्य जाँच गरी सुरक्षित सुत्केरी बनाउने उद्देश्यले सरकारले बागलुङबाट सुरुवात गरको थियो । सन २०१२ देखी जिल्लाका पैयुँपाटा, बाटाकाचौर, हटिया, र बुर्तिबाङमा परिक्षणका रुपमा चलेको कार्यक्रम हाल जिल्लाको ५९ गा.वि.स. र एक नगरपालिकामा संचालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले बताउनुभयो ।

जिल्लाका ९५० महिला स्वास्थ्य स्वयंसेविका संलग्न रहेको कार्यक्रममा महिला स्वास्थ्य स्वयं सेविकाले आफ्नो वडा गाउँमा रहका गर्भवती महिलाको बारेमा मोबाईल मार्फत गर्भवतिको स्वास्थ्य जाँचमा सहयोग गर्ने गरेका छन् । हरेक गर्भवति महिलाले स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउने स्वास्थ्य मंत्रालयको कार्यक्रम अनुसार सेवा प्रभावकारी बन्दै गएको छ । गर्भवती महिलाहरुको स्वास्थ्यलाई उत्प्रेरणा दिन मोवाइल सर्भिसले महत्वपूर्ण भूमिका खेलेको मेडिक मोबाईलका सुचना अधिकृत नारायण रिजालले जानकारी दिनुभयो । स्वयंसेविकाहरुलाई मोबाईल दिएपछि मोबाईल प्रविधिबाट समस्या परेका बिरामीलाई मोबाईलबाटै सल्लाह सुझाव दिने गरको पनि जानकारी दिनुभयो ।

मेडिक मोबाइलका परियोजना अधिकृत मनोज खड्काले कार्यक्रम सञ्चालन भएपछि नियमित गर्भवती जाँच गर्ने, स्वास्थ्य संस्थामा गएर स्वास्थ्य सेवा लिनेहरुको संख्यामा बृद्धि भएको बताउनुभयो । मेडिक मोबाईल सञ्चालनमा आएपछि जिल्लाका १८ सय ३६ जना गर्भवतीहरु लाभान्वित भएका छन् । मेडिक मोबाईलमा दर्ता भएपछि उनिहरुलाई फलोअप गर्ने काम समेत भैरहेको बताइएको छ । बागलुङ जिल्लामा एक वर्षको समयमा ७ हजार २ सय महिला सुत्केरी हुने गरेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा रहेको छ ।