१७ कार्तिक २०८३, मंगलबार

भीरबाट लडेर एकको ज्यान गयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिवलाल सुवेदी
गुल्मी, ३ बैशाख । भीरवाट लडेर गुल्मीको सिमिचौर स्थीत राङबासमा एक जनाको ज्यान गएको छ ।

ज्यान जानेमा रेसुङ्गा नगरपालीका ९ निवासि ४३ वर्षीय रेन बहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

उनी शुक्रवार दिउसो सिमिचौर राङवास स्थित ससुरालीघरवाट घरतर्फ फर्कने क्रममा रेसुङ्गा नगरपालिका १३ राङ्गवासमा सडकवाट करिव ४० मिटर तल खस्दा उनको घटना स्थलमै ज्यान गएकोे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिएका छन् ।

यादवका अनुसार विकले मदिरा सेवन गरेको पाइएको छ । बिकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइदै छ ।