काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संघीय मामिला तथा स्थानीय विकास सहायक मन्त्री विराज विष्टलाई मन्त्री पदबाट हटाउने निर्णय गरेको छ ।
राप्रपा नेपालको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पार्टी विरोधी गतिविधिमा संलग्न रहेको भन्दै विष्टको राजीनामा माग गर्ने निर्णय गरेको हो । विराट केही दिनअघि कारबाही गरिएका पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टका छोरा हुन् ।
पार्टीको वृहत्तर हित र एकतामा आघात पार्ने काम गरेकाले स्पष्टीकरणसहित राजीनामा माग गरिएको राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । विराजले आफ्ना बाबुको अभियानमा सहभागी हुने र फोन गरेर अभियानमा सहयोगी भएको आरोप लगाइएको छ ।
गत चैत १९ गते वीरगन्जमा बसेको राप्रपा नेपालको केन्द्रीय समितिको बैठकले पार्टी हित विपरित गतिविधिमा संलग्न भएको भन्दै केशरबहादुर विष्टलाई तीन वर्षका लागि निष्कासन गरेको थियो । त्यसको केही दिनअघि विष्टले पार्टीमा सरकारको सहभागिताको औचित्यमाथि प्रश्न उठाएका थिए ।












प्रतिक्रिया