२५ कार्तिक २०८३, बुधबार

एमालेको बैठक आज टुङ्गिने तयारीमा, केन्द्रीय कमिटी बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्तरिक संगठनको विषयमा छलफल गर्दै आएको प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज सम्पन्न हुने तयारीमा छ ।

उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार केन्द्रीय कमिटीबाट विभिन्न निर्णय भएपछि आजै सम्पन्न गर्ने तयारीमा सचिवालय लागेको बताउनुभयो । ‘अध्यक्षको प्रतिवेदन पारित गरेर संभवत आजै बैठक सक्किन्छ होला’, उहााले भन्नुभयो, ‘सबैले धारणा राखिसक्नुभएको छ ।’

बैठकमा सरकारको कामकारबाहीको समीक्षाका साथै पार्टीभित्रको आन्तरिक विषयमा पनि छलफल भएको थियो ।