– विमल योगी
काठमाडौं, २ वैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले केन्द्रीय कार्यसमिति मनोनयन तथा संगठनलाई पूर्णता दिने अभ्यासमा छ ।
१३ औं महाधिवेशनबाट सभापति बनेका शेरबहादुर देउवाले अझैपनि केन्द्रीय समितिलाई पूर्णता दिन सकेका छैनन् ।
यसैक्रममा तत्कालीन सभापति सुशील कोइरालाले नियुक्त गरेका कांग्रेसका एक जना नेता अर्थात पार्टी कार्यालयका मुख्य व्यक्तिले पदबाट राजीनामा दिएका छन् ।
यसरी राजीनामा दिनेमा कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारी रहेका छन् । उनलाई तत्कालीन सभापति कोइरालाले सो पदमा नियुक्त गरेका थिए ।
कोइरालाको पालमा नियुक्त भएका तिवारीले देउवा आएपछि केन्द्रीय कार्यालय सानेपाको त्यागेका हुन् ।
स्रोतका अनुसार तिवारीले राजीनामा दिएपछि सभापति देउवाले उक्त पदमा स्याङजा घर भएका कांग्रेस नेता कृष्ण पौडेललाई नियुक्तिको तयारी गरेका छन् ।
कांग्रेसको १३औं महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रिय झण्डा र अतिथिहरूकै मर्यादाक्रम भुलेर अपमान गरेको आरोप तिवारीमाथि लागेको थियो ।













प्रतिक्रिया