२५ कार्तिक २०८३, बुधबार

एमालेको बैठक बालुवाटारमा बस्दै, अध्यक्षको जवाफ आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, २ वैशाख । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनका विषयमा छलफल गर्दै आएको नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी ओलीले छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिनु हुनेछ ।

यसअघि हिजो अध्यक्ष ओलीले जवाफ दिने भनिए पनि आजका लागि सारिएको थियो । समूहगत छलफलका क्रममा उठेका सुझाव राख्ने क्रम बुधबारको बैठकमा पनि चलेको थियो ।

पार्टीको आन्तरिक संगठन, सरकारको कामकारबाही र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको हो । बैठक दिउसो दुई बजे बस्ने केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।