२५ कार्तिक २०८३, बुधबार

सद्भावना पार्टीले यसरी मनाउँदैछ आफ्नो २६औँ स्थापना दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajendra mahatoकाठमाडौं, २ वैशाख । तराई मधेसमा आन्दोलन गर्दै आइरहेको सद्भावना पार्टीले आफ्नो २६औँ स्थापना दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

सद्भावनाले भोलि शुक्रबार दिउँसो दुई बजे काठमाडौंको डिल्लीबजार, कालीकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा विशेष कार्यक्रम राखेको महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

‘सद्भावना पार्टी स्थापना भएको २६ वर्ष पुगेको र हाम्रा संस्थापक अध्यक्ष गजेन्द्रनारायण सिंहको ८७औँ जन्मदिनवस परेकाले एकसाथ मनाउने निर्णय भएको छ’, सुमनले भन्नुभयो, ‘बिचार गोष्टि पनि राखेका छौँ ।’

तराई मधेसको आन्दोलनका कारण चर्चामा रहेको सद्भावना पार्टीले आफ्नो स्थापना दिवसलाई पनि सोही अनुसार भव्य रुपमा मनाउने तयारी गरेको हो ।