चैत २६ र २७ गते प्रगतिशील लेखक संघको अधिवेशन नेपाल एकेडेमीमा भैरहेको थियो । अधिवेशनस्थलमा एउटा विषय चर्चाको केन्द्रमा थियो । भएछ केभने, केही दिनअघि फुटपाथे चियापसलबाहिर बेञ्चमा साथीहरूसँगै नारायण ढकाल रहेछन् ।
त्यही बेलामा प्रेम कैदी आइपुगेछन् । प्रेम कैदीले नारायण ढकालको नाकैनिर औंलो पुगाएर भनेछन्, ‘तपाईंहरू मलाइ त जासुस, सीआइडी, गुप्तचर भनेर खुब लखेट्नुहुन्छ । राष्ट्रको अस्मितामाथि नै नाङ्गो आक्रमण भैरहँदा पनि तपाईंहरू त लेण्डुपेहरूलाई साथ दिइरहनुभएको छ । राष्ट्रप्रति थोरै निष्ठा राख्नुपर्दैन ?’ उनै प्रेम कैदीको लेखबाट एउटा यो अंश यहाँ प्रस्तुत गरें ।
बेलायतमा पढ्दापढ्दै काश्मिरी पण्डित जवाहरलाल नेहरूकी छोरी इन्दिरा नेहरूलाई फिरोज खान भन्ने एक मुस्लिम पत्रकारले पहिलो लभ जेहादको क्रममा फँसाए र लन्डनको मस्जिदमा विवाह गरे ।
विवाहपछि इन्दिराको नाम मैमुना बेगम राखियो । मैमुना अक्स्फोर्डमा अनुत्तीर्ण भएपछि उनलाई कलकताको शान्तिनिकेतनमा भर्ना गरियो जहाँ जर्मन शिक्षक फ्र्यांक ओभरडोर्फमसँग नाङ्गै फेला परिन् ।
त्यहाँबाट निकालिएपछि आफ्ना बाबुका निजी सहायक मोहम्मद युनुस भन्ने व्यक्तिबाट उनले कान्छो छोरा संजय जन्माइन् । पछि यिनैलाई हिन्दूस्तानको सत्ता सुम्पियो ।
इन्दिराले आफ्नो शासन टिकाउन आन्तरिक रुपमा आपतकाल थोपरिन र बाह्य रुपमा आफ्नो देशको सैनिक सुरक्षा रुसलाई सुम्पने काम गरिन् । यिनै मैमुना बेगमले आफूलाई नचाउने क्रिश्चियनहरू एवम् उनीहरूका साम्राज्यवादी मालिकहरूसँग लागेर बाबु जवाहरलाल नेहरू र भीमराव अम्वेडकरले गर्न नसकेको ८० करोड हिन्दूहरूको आस्थालाई कुल्चेर १९७७ को जुन ३ मा संविधानको ४२ वा संशोधन गरेर हिन्दूस्तानलाई धर्म निरपेक्ष राज्य बनाइन् ।
अहिले सोनिया र केपुचिन पादरीका तर्फबाट नेपालमाथि धर्मयुद्ध लादेर यस देशलाई धर्म निरपेक्ष बनाउने दलालहरूले मोमबत्ती बालेर खुसी मनाउँदैछन् र हिन्दू तथा समग्र ओमकार परिवारका ९५ प्रतिशत नेपालीहरू अन्धकारमा गुम्सिएका छन् । जब मान्छेले हार्छन् तब देउताको भूमिका अगाडि आएको हुन्छ ।
(स्तम्भकार तथा लेखक आनन्दराम पौडेलको फेसबुक वालबाट साभार)












प्रतिक्रिया