२५ कार्तिक २०८३, बुधबार

कम्प्युटर इन्जिनियर झा पेस्तोलसहित पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestol-Gunराजविराज, १ वैशाख । भारतबाट अवैध रुपमा हतियार नेपाल ल्याउँदै गरेको अवस्थामा एक व्यक्तिलाई सप्तरीमा पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा सप्तरीको ब्रह्मपुर–५ स्थायी घर भई हाल राजविराज नगरपालिका–७ बस्ने २३ वर्षीया कम्प्युटर इन्जिनियर विपिनकुमार झा रहेका छन् ।

प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले विष्णुपुर चौकबाट अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित मङ्गलबार साँझ पक्राउ गरेको हो ।

भारतबाट स६प १६९२ नंको युनिकर्न मोटरसाइकलमा चढेर राजविराज–सखडा रोड हुँदै राजविराजतर्फ आउँदै गर्दा पक्राउ परेको हो । उनलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । रासस