८ कार्तिक २०८३, आइतबार

किन दबाब आयो चीनसँगको अर्को नाका खोल्न ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Olanchugola-Taplejung-Nepalकाठमाडौं, १ वैशाख । पूर्वाञ्चलका बासिन्दाले तिब्बत जोड्ने ताप्लेजुङस्थित ओलाङचुङगोला नाका सञ्चालन गर्न दबाब अभियान सुरु गरेका छन् ।

सरकारले यो नाकाको महत्व नबुझेको भन्दै सुरु गरिएको पूर्वाञ्चलबासीको प्रचार तथा दबाब अभियानलाई कलाकारदेखि सांसदसम्मले साथ दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणमा ओलाङचुङगोला नाका खुलाउने विषयलाई पनि एजेन्डामा पार्न स्थानीयले सरकारको ध्यानाकर्ष गराएका थिए ।

आफूहरुको माग सुनुवाइ नर्भको भन्दै ओलाङचुङगोलाका बासिन्दाले नाकाको महत्वलाई प्रचार गर्न भन्दै पहिलो चरणमा भारतसँग नाका जोडिएको झापाको केचनाकवलदेखि चीनसँग नाका जोडिएको ताप्लेजुङको ओलाङचुङगोलास्थित टिपतला भञ्ज्याङसम्मको पदयात्रा सम्पन्न गरेका छन् ।