२५ कार्तिक २०८३, बुधबार

भविष्यवाणी गर्ने ज्योतिषबारे सम्बोधनमा बोले प्रधानमन्त्री ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli

काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।

सम्बोधनका क्रममा उनले भविष्यको संकेत गर्ने ज्योतिषहरुका बारेमा पनि आफ्नो धारणा राखे । त्यसक्रममा उनले ज्योतिषशास्त्रले २०७३ साललाई राम्रो वर्ष भनेको र विकास र समृद्धिका धेरै कामहरु अघि बढ्ने संकेत गरेको स्मरण गरे ।

कम्युनिष्ट पार्टीबाट प्रधानमन्त्री बनेपनि ओलीले ज्योतिष शास्त्रमा विश्वास गर्दै ज्योतिषले गरेको भविष्यवाणीलाई आफ्नो सम्बोधनमा उच्चारण गर्न भ्याए । उनले सम्बोधनको अन्तिममा ज्योतिषहरुले नयाँ वर्षमा राम्रो संकेत दिएको भन्दै सम्पूर्ण नेपाली जनतालाई नयाँ वर्षको शुभकामना दिए ।
‘सरकार जटिल परिस्थितिमा भएतापनि देश र जनताका लागि काम गर्छ भन्ने संकेत ज्योतिषहरुबाट आएको छ । हामीले त्यसमा विश्वास गरेका छौं’ प्रधानमन्त्रीले भने ।