२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै, भारत र चीनको नाम पनि आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

संविधान जारीपछि गठित सरकारको छमहिने उपलब्धि र आगामी कार्यभार तथा नयाँ वर्ष २०७३ का सन्दर्भमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा हुने सम्बोधनमा भारत र चीनको औपचारिक भ्रमण, नाकाबन्दीको असर तथा संविधानमा असन्तुष्ट मधेसकेन्द्रित दललाई वार्तामा आउन आह्वानका विषय पनि पर्ने बुझिएको छ ।

गत असोज २४ मा निर्वाचित प्रधानमन्त्री ओलीले गत असोज २८ गते व्यवस्थापिका-संसद्लाई र कात्तिक २९ गते देशवासीका नाममा सम्बोधन गर्नुभएको थियो । रासस