८ कार्तिक २०८३, आइतबार

नेपाली सेनाको अर्काे ठूलो रहस्यको पर्दाफास !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Helicopter-Army650x366

काठमाडौं, ३० चैत । नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आफ्ना जहाज तथा हेलिकप्टर बिमा गराउँदा बास्तविकभन्दा निकै कम मूल्य निर्धारण गरेको खुलेको छ ।

महानिर्देशनालयसँग रहेका २५ जहाज तथा हेलिकप्टरको बमिा मूल्य कम देखाइएकै कारण अर्बौं रुपैयाँ जोखिममा परेको सोमबार सार्वजनिक महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको हो। हवाई बिमामा सेनाको आर्थिक गतिविधि शंकास्पद रहेको समेत प्रतिवेदनको निक्र्यौंल छ ।

सेनाले एउटै हेलिकप्टरमा वास्तविक मूल्यभन्दा साढे ५४ करोड रुपैयाँ कम कायम गरी बिमा गरेको पाइएको छ । भारतबाट २०७१ मंसिर ६ गते उपहारस्वरुप प्राप्त एएलएच हेलिकप्टरको मुल्य ३० लाख अमेरिकी डलर कायम गरी हल रिस्क, हलवार रिस्क, तेस्रो पक्ष, सिट कभरेजसमेतको बिमा गरिएको छ ।

सेनाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग २ लाख ११ हजार ९ सय १५ अमेरिकी डलरमा सम्झौता गरेको हो। सेनाले २०७१ भदौ ५ गते राष्ट्रय बिमा कम्पनीसँग बिमा सम्झौता गरेको हो । नागरिक दैनिकमा समाचार छ।