८ कार्तिक २०८३, आइतबार

नेपाल-चीन सम्झौताबारे बोले चिनियाँ राजदूत, इच्छाशक्ति देखाउन आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Wu-Chintai-Chineseambassador

काठमाडौं, ३० चैत । नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुई देशबीच भएका महत्वपूर्ण सहमति र सम्झौताको व्यवहारिक कार्यान्वयनका लागि नेपाली पक्षले राजनीतिक इच्छाशक्ति देखाउनुपर्ने बताएका छन् ।

चीनका सर्वोच्च नेता स्वर्गीय तङ् स्याओपिङ्को नेपाली भाषामा अनुवादित जीवनीको विमोचन कार्यक्रममा मन्तब्य राख्दै चिनियाँ राजदूत ऊ चुन्ताईले प्रधानमन्त्री ओलीको भ्रमणमा भएका सम्झौताको कार्यान्वयन समयको माग भएको बताए ।

प्रधानमन्त्री ओलीले चैत दो श्रो साता सम्पन्न गरेको चीन भ्रमणमा भएका पारवहन लगायत ऐतिहासिक र उपलब्धिमुलक सहमति र सम्झौताको कार्यान्वयनमा नेपालले चाल्नुपर्ने कदमबारे बहस भइरहेकै बेला चिनियाँ राजदूतको यस्तो भनाई सार्वजनिक भएको हो ।

चीन भ्रमण अत्यन्तै सफल भएको बताए । उनले भ्रमणबाट दुई देशबीचको संबन्ध प्रगाढ बनेको धारणा राखे । ‘प्रधानमन्त्री ओलीजीको चीन भ्रमण अत्यन्तै सफल रह्यो । भ्रमणका क्रममा महत्वपूर्ण द्विपक्षिय सहमति र सम्झौताहरुमा हस्ताक्षर भए । अब तीनको कार्यान्वयनका लागि नेपाली पक्षले राजनीतिक इच्छाशक्ति देखाउनुपर्छ ।

यो यतिबेलाको समयको माग हो भन्ने लाग्छ । हामीबीचको मित्रतापूर्ण संबन्ध मजबुत बनाउन राननीतिक इच्छाशक्ति निकै महत्वपूर्ण हुन्छ’ चीन अध्ययन केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा राजदूत ऊले भने ।

प्रधानमन्त्री ओलीले चैत ७ देखि १४ गतेसम्म गरेको चीनको औपचरिक भ्रमणका क्रममा दुई देशबीच पारवहन यातायात सम्झौता, स्वतन्त्र ब्यापार सम्झौता गर्न संयुक्त सम्भाव्यता अध्ययन लगायत बिभिन्न १० बिषयमा समझदारी र सहमतिमा हस्ताक्षर भएको थियो ।

त्यस्तै भ्रमणका क्रममा चीन र नेपालले १५ बुंदे संयुक्त वक्तव्य समेत जारी गरेका थिए जसमा नेपालले चिनियाँ रेल काठमाडौ, पोखरा र लुम्बिीनी सम्म विस्तार गर्न औपचारिक रुपमा गरेको आग्रहलाई महत्वका साथ समेटिएको छ ।

हालसम्म नेपालले भारतको समुद्रि मार्ग हुंदै ते श्रो देशसँग ब्यापार गर्ने गरेको भएपनि प्रधानमन्त्रीको भ्रमणमा चीनसँग भएको पारवहन सम्झौतापछि नेपाललाई चीनबाट समेत ते श्रो देशसँग दिर्घकालीन ब्यापार गर्न बाटो खोलिदिएका कारण पारवहन सम्झौतालाई ऐतिहासिक मानिएको छ ।

राजदूत ऊले चीनले अघि सारेको ‘वान बेल्ट वान रोड’ अवधारणा अनुशार नेपालको पूर्वाधार विकास एवं ‘कनेक्टिभिटी’ विस्तारका बिषयमा मिलेर अघि बढ्न ओलीको चीन भ्रमणका क्रममा सहमति भई सँयुक्त वक्तव्यमा परेको बताए ।

‘वान रोड वान बेल्ट’ अवधारणबाट अन्र्तराष्ट्रिय तथा क्षेत्रीय मामिलामा नेपालले फाइदा लिनसक्ने राजदूत ऊले बताए । विकास पूर्वाधार, कनेक्टिभिटी, उर्जा विकास लगायत २० क्षेत्रमा चीन र नेपालबीच भएका सहमतिको कार्यान्वयनमा उनले जोड दिए । ‘चीन नेपालको शान्ति र विकासको पथमा सधै प्रतिबद्द छ । यहाँको समृद्दिमा सहयोग गरिरहन चाहन्छ’ ऊले भने । अन्नपुर्ण पोष्टमा खबर छ ।