१ कार्तिक २०८३, शनिबार

ओबामाद्वारा लिबिया आक्रमणमा कमजोरी भएको स्वीकारोक्ति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obamaवाशिङटन (संयुक्त राज्य अमेरिका), ३० चैत । अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा लिबियामाथि भएको आक्रमणबाट लिबियाली नेता मोहमर गद्दाफीको मृत्यु भएपछि आउनसक्ने अवस्थालाई व्यवस्थित गर्न योजना बनाउने कुरामा कमजोरी हुनु सबैभन्दा ठूलो गल्ती भएको बताउनुभएको छ ।

आइतबार फक्स न्युज टेलिभिजनलाई दिएको अन्तरवार्तामा ओबामाले भन्नुभयो, सबैभन्दा ठूलो भूल भनेको सम्भवत लिबियाली पूर्व राष्ट्रपति मोहमर गद्दाफीको पतनपछि त्यहाँ आउनसक्ने अवस्थालाई व्यवस्थित रुपमा योजना बनाउने कुरामा कमजोरी भयो ।

यसै बिषयमा गएको महिना अमेरिकी राष्ट्रपति ओबामाले आफ्ना बेलायती समकक्षी र फ्रान्सेली पूर्व नेता निकोलास सारकोजीको लिबिया आक्रमणका क्रममा भएका कमजोरीको आलोचना गर्नुभएको थियो ।

राष्ट्रपति ओबामाले क्यामरुन लिबिया आक्रमणबाट विकर्षण भएको र सारकोजी नेटो नेतृत्वको सन् २०११ मा भएको सैन्य हस्तक्षेपपछि आफ्नो देशको विकासका लागि लागेको आफ्नो एटलान्टिक म्यागेजिनसँगको कुराकानीमा बताउनुभएको थियो ।

लिबियामा भएको प्रसिद्ध विद्रोहबाट गद्दाफीको पतन भएपछि लिबिया झन्डै अराजकताको स्थितिमा पुगेको यहाँले बताउनुभयो ।

गद्दाफीविरुद्धको आन्दोलनमा सहभागी लडाकूको नेतृत्वमा शासन चल्दै गर्दा इस्लामिक स्टेट समूहले आफ्नो प्रभाव लिबियालगायतका मुलुकमा प्राप्त गर्न सफल भएको ओबामाले बताउनुभयो । यो नै लिबियामा गद्दाफीको पतनपछि भएको कमजोरी थियो ।

संयुक्त राष्ट्रसङ्घद्वारा समर्थन प्राप्त संयुक्त सरकारका प्रमुख यस महिना त्रिपोलीमा पुगी आफ्नो सरकारको समर्थनका लागि काम गर्न सुरु गरेकोले अब त्यहाँको स्थिति छिट्टै साम्य हुनेमा ओबामाको विश्वास छ ।

ओबामाले अन्तवार्ताका क्रममा आफ्नो कार्यकालका प्रमुख राम्रा काममा अमेरिकी अर्थतन्त्र व्यापक गिरावटको स्थितिलाई साम्य पार्नु, स्वास्थ्य सेवामा सुधार भएको बताउनुभयो ।

आफ्नो ह्वाइटहाउसमा रहँदाको सबैभन्दा नराम्रो दिन आफू न्यूटाउन कनेक्टिकटको भ्रमणमा रहेका बेला २० जना बालबालिका र छ वयस्क स्कुल कर्मचारीको मृत्यु भएको दिनलाई बताउनुभएको छ ।

कनेक्टिकटमा सन् २०१२ को डिसेम्बरमा भएको एक प्रारम्भिक विद्यालयमा आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । एएफपी