काठमाडौं, ३० चैत । प्रधानमन्त्री केपी ओलीले नयाँ वर्षको अवसरमा शुभकामना दिन र आफ्नो छ महिने कार्यकाललाई लिएर आज राष्ट्रका नाममा सम्बोधन गर्नु हुने भएको छ ।
सिंहदरबारस्थित आफ्नै कार्यकक्षबाट प्रधानमन्त्री ओलीले अपरान्ह पाँच बजे राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
‘नयाँ वर्षको उपलक्ष्यमा सबै देशवासीमा प्रधानमन्त्रीको शुभकामना र आफ्नो छ महिने कार्यकाललाई लिएर राष्ट्रका नाममा सम्बोधन आउन लागेको हो’, सल्लाहकार दाहालले भन्नुभयो ।
मधेस आन्दोलन, भारतको अघोषित नाकाबन्दी र राजनीतिक संकटका कारण मुलुकले समस्या भोगिरहेका बेला प्रधानमन्त्री ओलीको सम्बोधन आउन लागेको हो ।












प्रतिक्रिया