८ कार्तिक २०८३, आइतबार

नेपाल र नामिबियाविरुद्धको खेलमा यसरी भयो तयारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

TU-cricket-Ground-Kathmanduकाठमाडौं, ३० चैत । आइसिसी विश्व क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाविरुद्ध ४ र ६ वैशाखमा हुने खेलका लागि ६ सयभन्दा बढी प्रहरी परिचालन हुने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले नेपालमा खेल आयोजनाका लागि सुरक्षा सर्त राखेको थियो । त्यसैले सरकारले खेलका लागि विशेष सुरक्षा टोली खटाउने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

टियू मैदानमा खटिने सुरक्षाकर्मीलाई विशेष तालिमसमेत दिइने भएको छ । प्रहरीले दर्शक बस्ने स्थानमा पनि सादा पोसाकका सुरक्षाकर्मी खटाउनेछ ।

प्रहरीले मैदानपट्टि फर्किएर खेल हेर्न पाउने छैनन् । यसअघिका खेलमा सुरक्षाकर्मीले मैदानपट्टि फर्किएर बस्दा दर्शकले अभद्र व्यवहार गर्ने गरेका थिए ।

नेपालमा पहिलोपटक सिसिटिभीको निगरानीमा क्रिकेट खेल सञ्चालन हुँदै छ । खेलको सुरक्षा संवेदनशीलतालाई हेरेर टियू मैदानमा ११ वटा सिसिटिभीसमेत जाडान गरिएको छ।

आइसिसीले सिसिटिभीविना खेल सञ्चालन गर्न अस्वीकार गरेपछि टियू मैदानमा पहिलोपटक सिसिटिभी जडान गरिएको हो ।

आइसिसीका एसिया डेभलपमेन्ट म्यानेजर बन्दुला वार्नापुराले टियू मैदानको सुरक्षा कडा हुनेमा विश्वास गरेका छन् । उनले अहिलेसम्मको तयारी सन्तोषजनक पाइएको बताए ।