काठमाडौं, ३० चैत । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि क्यानडाका श्रम मन्त्रीले नेपाल भ्रमण गरिन् । भूकम्पले मानवीयसहित ठूलो मात्रामा भौतिक सम्पतिको क्षति गरेको देखेर उनले नेपाललाई दिने सहयोगका बारेमा खुलेरै बोलिन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
त्यसैबेला भूकम्पबाट थोरै भएपनि राहत दिन उनले नेपाली युवालाई कृषि र केयर गिभरमा काम गर्न खुला गर्ने घोषणा नेपालमै रहँदा गरेकी थिइन् ।
क्यानडाको घोषणालाई नेपाल सरकारले तुरुन्तै स्वागतयोग्य निर्णय भन्यो अनि त्यहाँ आफ्ना कामदार पठाउन प्रक्रिया थालिहाल्ने जवाफ पनि दियो ।
नेपालको अवस्था बुझ्न आएकी त्यहाँकी मन्त्री रसुवालगायत केही ठाउँमा पुगेर एक सातासम्म भूकम्पपीडितलाई सहयोग गरी आफ्नो मुलुक फर्किइन् ।
क्यानडाले नेपाली कामदार लैजाने भनेको करिब एक वर्ष पुग्नै लागेको छ । तर यसबीचमा नेपाल सरकारले कामदारलाई आकर्षक कमाइ हुन सक्ने यो मुलुकमा पठाउन नतिजायोग्य केही पनि काम गर्न सकेको छैन ।
क्यानडाको श्रम मन्त्रीलगायत सरोकारवाल निकाय र अधिकारीलाई एकपटक भेट्नसमेत सकेका छैनन् ।
श्रम तथा रोजगार मन्त्रालयका अनुसार त्यसयता नेपाली नियोगले त्यहाँको श्रम मन्त्रीलगायत सरोकारवाला सरकारी अधिकारीलाई भेट्न पहल गरे पनि सम्भव हुन सकेको छैन ।















प्रतिक्रिया