काठमाडौं, ३० चैत । नेपाली सेनाको सैनिक हवाई महानिर्देशनालयले आफ्ना जहाज तथा हेलिकप्टर बीमा गराउँदा बास्तविकभन्दा निकै कम मूल्य निर्धारण गरेको खुलेको छ ।
महानिर्देशनालयसँग रहेका २५ जहाज तथा हेलिकप्टरको बीमा मूल्य कम देखाइएकै कारण अर्बौं रुपैयाँ जोखिममा परेको सोमबार सार्वजनिक महालेखापरीक्षक प्रतिवेदनले औँल्याएको समाचार नागरिक दैनिकले छापेको छ ।
हवाई बीमामा सेनाको आर्थिक गतिविधि शंकास्पद रहेको समेत प्रतिवेदनको निक्र्यौल छ ।
सेनाले एउटै हेलिकप्टरमा वास्तविक मूल्यभन्दा साढे ५४ करोड रुपैयाँ कम कायम गरी बीमा गरेको पाइएको छ ।
भारतबाट २०७१ मंसिर ६ गते उपहारस्वरुप प्राप्त एएलएच हेलिकप्टरको मूल्य ३० लाख अमेरिकी डलर कायम गरी हल रिस्क, हलवार रिस्क, तेस्रो पक्ष, सिट कभरेजसमेतको बीमा गरिएको छ ।
सेनाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग २ लाख ११ हजार ९ सय १५ अमेरिकी डलरमा सम्झौता गरेको हो । सेनाले २०७१ भदौ ५ गते राष्ट्रय बीमा कम्पनीसँग बीमा सम्झौता गरेको हो ।















प्रतिक्रिया