१ कार्तिक २०८३, शनिबार

विश्व फुटबलको महाशक्ति बन्ने चीनको महत्वाकांक्षी योजना बाहिरियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Xi-Jinping

काठमाडौं, २९ चैत । विश्व फुटबलको महाशक्ति बन्न चीनले तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना सार्वजनिक गरेको छ ।

सोमबार चीन सरकारका अधिकारीले २०५० मा लक्ष्यमा पुग्नेगरी महाशक्ति बन्ने योजना सार्वजनिक गरेका हुन् ।

बीबीसीका अनुसार यो योजना सफल पार्न अर्बौं बजेट खर्च गरेर देशभर खेल मैदान निर्माण र दक्ष खेलाडी उत्पादनलाई प्रमुख प्राथमिकता दिइनेछ । सन् २०२० बाट ५० मिलियन बालबालिका र युवाहरुले फुटबल खेल्न थाल्ने र यसका लागि २० हजार तालिम केन्द्र र ७० हजार खेल मैदान बनाउने योजना उसको छ ।

यसैगरी २०३० सम्ममा हरेक १० हजारका लागि एउटा फुटबल मैदान हुने र पुरुष फुटबल टिम एसियाको उत्कृष्ट मध्ये एक हुने र महिला फुटबल टिमलाई विश्वस्तरीय टिम बनाउने लक्ष्य पनि चीनले लिएको छ ।

हालसम्म २००२ मा मात्र विश्वकपमा पुगेको चीनले अब हुने विश्वकपमा छनोट हुन तीव्र तयारी गरिरहेको चाइनिज फुटबल एशोसिएसनकाले जनाएको छ । फुटबलको सर्वाेच्च निकाय फिफाको वरियतामा हाल ८१ औं स्थानमा रहेको चीनले त्यसलाई सुधार गर्दै २०५० सम्ममा एक नम्बरमा आउने लक्ष्य पनि राखेको छ ।

फुटबल प्रेमी चीनका राष्ट्रपति सी जिन पिङको चाहना बमोजिम चीन सरकारले विश्व फुटबलको महाशक्ति बन्न सम्पूर्ण शक्ति प्रयोग गर्ने घोषणा गरेको हो ।