२५ कार्तिक २०८३, बुधबार

जनकपुरमा गर्जिए बाबुराम, अब मधेस मात्रै होइन देशभरी आन्दोलन गर्ने घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattarai-Dai

जनकपुर, २९ चैत । आन्दोलनको नारा लिएर मधेस छिरेका नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई धनुषाको जनकपुरमा गर्जिएका छन् ।

सोमबार नयाँ शक्ति नेपालको राज्यस्तरीय अन्तरिम परिषद्को दोस्रो बैठकलाई सम्बोधन गर्ने क्रममा उनले मधेसको माग सम्बोधन गर्न राष्ट्रिय आन्दोलन खाँचो रहेको भन्दै त्यस्तो आन्दोलनमा साथ दिने घोषणा गरे ।

नयाँ संविधानमा मधेसी, थारु, आदिवासी जनजातिलगायतका जात–जाति, वर्ग तथा क्षेत्रसँग विभेद भएको भन्दै उनले यसको समाधान मधेस आन्दोलनबाट नभई राष्ट्रिय आन्दोलनबाट मात्र सम्भव भएको बताए ।

मधेसवादी दलहरुले उठाएको सीमांकन सम्बन्धी मुद्दामा नयाँ शक्तिको पूर्ण समर्थन रहेको भन्दै बाबुरामले मधेसी जनताको अधिकारका लागि आफूहरु निरन्तर संघर्ष गर्ने दाबी गरे ।