१ कार्तिक २०८३, शनिबार

हिरोसिमाको भ्रमण गर्ने जोन केरी पहिलो अमेरिकी विदेशमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kerry-japan-5

हिरोसिमा (जापान), २९ चैत । अमेरिकी विदेशमन्त्री जोन केरीले जापानको हिरोसिमामा निर्मित एटोमिक बम स्मारकको सोमबार भ्रमण गर्नुभएको समाचार छ ।

उक्त स्मारकको भ्रमण गर्ने उहाँ पहिलो अमेरिकी विदेशमन्त्री हुनुभएको छ । उहाँ सोमबार बिहान सो स्मारकमा पुग्नुभएको हिरोसिमाबाट प्राप्त समाचारमा जनाइएको छ ।

Kerry-japan-1

दोस्रो विश्वयुद्धका समयमा सन् १९४५ को अगस्त ६ मा जापानको हिरोसिमा सहरमा अमेरिकाले गरेको एटोमिक बम हमलामा परी दशौँ हजार नागरिकको ज्यान गएको थियो । अमेरिकाले गरेको सो बम हमलापछि दोस्रो विश्वयुद्धको अन्त्य भएको थियो । त्यसको तीन दिनपछि अमेरिकाले नै जापानको अर्काे सहर नागासाकीमा हमला गरेको थियो ।

यी दुई हमलामा परी करिब तीन लाख नागरिकको ज्यान गएको बताइन्छ । सो स्मारक उक्त बम आक्रमणमा मारिएका नागरिकको स्मरणमा निर्माण गरिएको हो । त्यस स्मारकसँगै निर्माण गरिएको सङ्ग्रहालयमा त्यस समयमा भएका आक्रमणमा परी मारिएका नागरिकको अवस्था, बमले त्यहाँ पारेको प्रभावका साथै बमको असरले जापानी नागरिकको जीवनशैलीमा पारेको प्रभावका विषय राखिएको छ ।

Kerry-japan

उक्त स्मारकको भ्रमणपछि उहाँले स्पष्ट रुपमा देखिने तर निर्दयी एवम् बाध्यात्मक स्मरणको सङ्ज्ञा दिनुभयो । उक्त हमलालाई उहाँले एक निर्दयी कामका रुपमा स्मरण पनि गर्नुभयो ।

उहाँ जी७ समूहका विदेशमन्त्रीहरुसँग त्यहाँ पुग्नुभएको थियो । विदेशमन्त्री केरी उक्त स्मारकमा पुग्ने पहिलो उच्च अमेरिकी अधिकारी बन्नुभएको जापानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उहाँले सो भ्रमणपछि जापानी विदेशमन्त्रीसँगको भेटका क्रममा भन्नुभयो–“यो विगतलाई सम्झिने र चित्त दुखाउने बेला होइन, यो समय वर्तमानको हो र भविष्यका लागि पनि सोच्नुपर्छ ।” रासस/एएफपी

Kerry-japan-2 Kerry-japan-3 Kerry-japan-4