काठमाडौँ, २९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्द हर्निया एवम् प्रोस्टेट ग्रन्थीसम्बन्धी उपचारका लागि आज बल्खुस्थित वयोधा अस्पतालमा भर्ना हुनुभएको छ ।
पार्टीले पूर्वप्रधानमन्त्री चन्दको शीघ्र स्वास्थ्य लाभको कामना गरेको पार्टी प्रवक्ता ठाकुरप्रसाद शर्माले विज्ञप्तिमा जनाउनुभएको छ । रासस












प्रतिक्रिया