८ कार्तिक २०८३, आइतबार

ग्यास उपभोक्तालाई खुशीको खबर, नयाँ वर्षमा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

narayani-gass-660x330

काठमाडौं, २९ चैत । ग्यास वितरण प्रणाली उपभोक्तमुखी नभएको गुनासोबीत ग्यास उद्योगीले उपत्यकामा नयाँ तरिकाले ग्यास बेच्ने भएका छन् ।

आयात बढे पनि सर्वसाधारणले नपाएको भन्दै आलोचित भएपछि उद्योगीले उपत्यकाका ती जिल्लालाई क्षेत्रगत विभाजन गरेर सबै ग्रहकलाई एकैपटक भाग पुग्ने गरी वितरण गर्ने योजना बनाएका हुन् ।

नेपाल एलपी ग्यास उद्योग संघको पहलमा भक्तपुर, ललितपुर र काठमाडौंका क्षेत्र विभाजन गरेर २७ कम्पनीको ग्यास एकैपटक विक्री गर्ने तयारी छ ।

सोमबार भक्तपुरबाट सुर हुने यो अभियान अन्तर्गत एक सातामा राजधानीका सबै उपभोक्ताले एकपटक ग्यास पाउने व्यवस्था मिलाएको संघका अध्यक्ष शिव घिमिरेले बताए ।

यसैगरी नयाँ वर्षलाई लक्षित गरी हरेक उपभोक्तालाई एक–एक वटा सिलिण्डर उपलब्ध गराउने तयारी पनि उद्योगीहरुको छ । नागरिक देनिकमा समाचार छ ।