१ कार्तिक २०८३, शनिबार

ज्योतिषको अर्काे डरलाग्दो भविष्यवाणी- नयाँ वर्षमा महासंकट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JYOTISH-Lohani– ऋषि धमला
काठमाडौं, २८ चैत । पण्डित एवं ज्योतिष ओझराज उपाध्याय (लोहनी) ले नयाँ वर्ष ०७३ मा मुलुकले महासंकट व्यहोर्ने र मुलुकमा सैनिक शासन लागु हुनदेखि राजसंस्था व्युँतिने समेत ठोकुवा गरेका छन् ।

आईतबार राति हिमालय टेलिभिजनमा प्रशारण हुने कार्यक्रम धमलाको हमलामा पत्रकार ऋषि धमलासँगको कुराकानीमा पण्डित लोहनीले नयाँ वर्ष २०७३ साल राजनीतिक हिसाबले पनि उथलपुथलको वर्ष हुने बताए ।

नयाँबर्षको शुरुवाती महिना बैशाख ०२ गतेबाट नै सत्ता परिवर्तनको चलखेल शुरु हुने समेत उनले दाबी गरे । आफूले प्रधामन्त्री केपी शर्मा ओलीको जन्मकुण्डली नरहेको भएपनि उनले संसदको निर्वाचन भने गर्न नसक्ने उनको दाबी छ ।

सैनिक शासन लागु हुने
उनले नयाँ वर्षमा सैनिक शासन लागु हुने दाबी समेत गरेका छन् ।

हिन्दूराष्ट्र पूनर्स्थपना
उनले नयाँ वर्षभित्रै विभिन्न धर्महरुवीच कलह उत्पन्न हुने तर अन्त्यमा मुलुक हिन्दूराष्ट्र घोषणा भएरै छोड्ने दाबी गरेका छन् ।

राजसंस्थाको पूनर्स्थापना
ज्योतिष लोहनीले पूर्वराजा ज्ञानेन्द्रको समेत नयाँ वर्षमा राम्रो योग भएकोले मुलुकमा नयाँ सालभित्रै राजसंस्थाको पूनर्वहाली हुने ठोकुवा गरेका छन् ।

०७३ सालमै देउवा प्रधामन्त्री
नेपाली काँग्रेसका नवनिर्वाचित सभापति शेर बहादुर देउवाको भने आफूले यसअघि पनि जन्मकुण्डली हेरिसकेकोले नयाँ वर्ष उनको लागि फलदायी हुने उनले बताए । उनले भने, ‘देउवाजीको लागि ०७३ साल निकै शुभ छ, उहाँ प्रधामन्त्री पक्का बन्नुहुन्छ, उहाँलाई प्रधानमन्त्री बन्नबाट कसैले रोक्न सक्दैन ।’

प्रचण्डको पनि भाग्य बलियो
नयाँ साल मिथुन राशी भएकाहरुलाई समेत शुभ भएको हुँदा प्रचण्डको समेत प्रधानमन्त्री बन्ने बलियो योग देखिन्छ ।

मुलुकले अर्को महाविपक्तिको सामना गर्ने
उनले २०७२ सालमा जसरी नेपालीहरुले महाविपत्तिको सामना गर्नुपरेको थियो त्यसैगरि नयाँ साल पनि नेपालीहरुको लागि उत्तम नभएको स्पष्ट पारे । उनले भने, ‘२०७३ मा पनि मुलुक विभिन्न किसिमका प्राकृतिक प्रकोपहरुको शिकार बन्ने खतरा छ ।’

ज्योतिष लोहनीले आफूले यसअघि गरेका सबै भविष्यवाणी समेत मिलेको बताउँदै माथि उल्लेखित भविष्यवाणीहरु समेत मिल्ने ठोकुवा गरे । उनले आफूले विगतमा राजसंस्थाको अन्त्य, दरबार हत्याकाण्ड, शेर बहादुर देउवा प्रधानमन्त्री बन्ने, सुनामी आउने, पहिलो संविधानसभाले संविधान दिन नसक्ने र दोस्रो संविधानसभाबाट संविधान जारी हुने लगायतका भविष्यवाणीहरु गरेको र सबै मिलेको दाबी गरेका छन् ।