२५ कार्तिक २०८३, बुधबार

भारतबाट फर्कदै गरेका दुई युवा बेपत्ता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gadda Chaukiकञ्चनपुर, २९ चैत । भारतको अल्मोडा दुराकोटबाट मजदुरी गरी घर फर्कदै गरेका बर्दिया बनियाभारका दुई जना नेपाली युवा सीमावर्ती भारतीय बजार बनवसा क्षेत्रबाट बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा बनियाभार–४ का ३९ वर्षीय छविलाल बोहरा र सोही ठाउँका ४३ वर्षीय इन्द्रप्रसाद ज्ञवाली रहेका छन् । दुवै जनाले चैत २१ गते अल्मोडाबाट फर्केर बनवसा पुगेको फोनमार्फत घर परिवारलाई जानकारी दिएका थिए ।

हालसम्म घर नपुगेपछि उनका आफन्तले खोजबिन सुरु गरेका छन् । खोजबिनका लागि महेन्द्रनगर पुगेका बेपत्ता युवाका आफन्त तपेन्द्र बोहराले दुवै जना घर नआएपछि खोजबिनका लागि भारतीय प्रहरी र नेपाल प्रहरीलाई अनुरोध गरिएको बताउनुभयो ।

नेपाल प्रहरीको सहयोगमा भारतीय प्रहरीलाई खोजबिनका लागि निवेदन दिँदा भारतीय प्रहरीले निवेदन दर्ता गर्न अस्वीकार गरेको उहाँले उल्लेख गर्नु भयो । ‘दुवै नयाँ वर्ष मनाउनका लागि घर फर्कदै गर्दा बेपत्ता भएपछि परिवारमा चिन्ता छाएको छ’, उहाँले भन्नुभयो । रासस