२५ कार्तिक २०८३, बुधबार

यसरी भयो बाबुरामलाई अर्को ठूलो फाइदा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-bhattraiकाठमाडौं, २९ चैत । नेपाल सद्भावना पार्टीको युवा मञ्चका महासचिव रुपेश चौधरीले आफ्नो मातृ पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

उनले अनिलकुमार झा नेतृत्वका सद्भावना पार्टी छाडेर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेको जनाएका छन् । झा आइतबार मात्रै जनकपुरको सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका थिए ।

चौधरीले आज प्रेश विज्ञप्ति जारी गरेर नयाँ शक्ति नेपालमा प्रवेशको जनाएका हुन् । चौधरी दोस्रो संविधान सभा निर्वाचनमा नेपाल सद्भावना पार्टीका तर्फबाट महोत्तरी ३ बाट उम्मेदवार समेत बनेका थिए ।

नयाँ शक्ति नेपालका नेताद्वय रामकुमार शर्मा र निर्मल भट्टराईसँगको छलफल र साँठगाँठपछि चौधरीले झाको सद्भावना छाडेका हुन् ।