काठमाडौं, २९ चैत । प्रमुख सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा मध्यान्ह १२ बजे बस्ने बैठकमा दश वटा समूहले अध्यक्ष केपी ओलीको प्रतिवेदनमाथि टिप्पणीसहितको सुझाव पेश गर्ने छन् । समूह नेताले छलफलपछि आएको सुझावलाई पेश गर्ने छन् ।
अध्यक्षको प्रतिवेदनमा आएका विषयलाई समूहमा दुई दिनसम्म छलफल भएको थियो । सोही सुझावलाई आधार मानेर अध्यक्षको राजनीतिक प्रतिवेदनलाई सुझावसहित पारित गर्ने तयारी भएको एक नेताले बताए ।
संगठन सुदृढीकरणलाई लिएर एमालेभित्र दुई समूहबीच आरोप प्रत्यारोप चलेको छ । संस्थापनले संगठन सुदृढीकरणमा ध्यान नदिएको नेपाल समूहले आरोप लगाएको छ ।












प्रतिक्रिया