
काठमाडौं, २९ चैत । मुलुकको पछिल्लो राजनीतिक अवस्था र आन्दोलनका विषयमा समीक्षा गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सचिवालयको बैठक बस्दैछ ।
काठमाडौंको नयाँबानेश्वरस्थित सद्भावना पार्टीको मुख्यालयमा बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुनेछ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार बैठकले भावि आन्दोलनको योजना तयार पार्नेछ ।
सरकारलाई दिइएको अल्टिमेटम पनि भोलि मंगलबार सक्किनै लाग्दा मधेसी मोर्चाको सचिवालयको बैठक बस्न लागेको हो ।
यसैबीच, सचिलयले वैशाख छ गते गर्ने भनिएको बृहत अन्तरक्रियाको तयारीका विषयमा पनि छलफल गर्ने सुमनले बताउनुभयो ।












प्रतिक्रिया