८ कार्तिक २०८३, आइतबार

गुट बदल्दा कसको भो हरिविजोग ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra-Rijalकाठमाडौं, २९ चैत । नेपालमा एउटा उखान छ, ‘चोक्टा खान गएकी बूढी झोल’मा डुबेर मरी ।’ अवसरलाई मात्रै अर्जुनुदृष्टि बनाएर हिँड्नेहरूलाई लक्ष्य गरेर बनाएको यो उखानले संकेत गर्न खोजेजस्तै नियत राखेर हिँड्दा प्रजातन्त्र, समाजवाद र लोकतन्त्रको वकालत गर्ने पार्टी नेपाली कांग्रेसका केही नेताको अवस्था भने उखानमा चत्रि गर्न खोजेको पात्र जस्तै हुन पुगको खबर छ ।

स्रोतका अनुसार, सुशील कोइराला नेतृत्वको सरकार बन्नअघिसम्म देउवा गुटमा रहेर राजनीति गरेका र मन्त्रीको अफर पछि गुट बदल्दै कोइराला क्याम्पमा छिरेका मीनेन्द्र रिजाल अहिले चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी भनेजस्तै अवस्थामा पुगका छन् । साँघु साप्ताहिकले समाचार छापेको छ ।

मुस्किलले केन्द्रीय सदस्यमा निर्वाचित भएका रिजालले ‘संस्थापन पक्ष यति छिट्टै कमजोर भयो, अब यो समूहले गरी नखाने भयो, के गर्ने होला ?’ भनेर अहिलेदेखि नै नजिककासँग निराशा व्यक्त गर्न थालेको कांग्रेसभित्र चर्चा हुने गरेको छ ।