८ कार्तिक २०८३, आइतबार

यी नेताहरूले रातभरि के–के गर्छन् ‘ओलिभ’ रेष्टुरेन्टमा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Resturentकाठमाडौं, २९ चैत । जसले राप्रपाका धेरै केन्द्रीय सदस्यलाई राप्रपा नेपालमा प्रवेश गराउन सक्छ, उसैलाई आदिवासी जनजाति प्रतिष्ठनको उपाध्यक्ष बनाउने भन्दै कमल थापाले टेन्डर आह्वान गरेपछि राप्रपाभित्र उथल–पुथलको संकेत देखिएको छ ।

राप्रपा नेपालका अध्यक्ष थापा हाल परराष्ट्र र स्थानीय विकास मन्त्रालय सम्हाल्दै उपप्रधानमन्त्री बनेका छन् । आदिवासी जनजाति प्रतिष्ठान स्थानीय विकास मन्त्रालयअन्तर्गत पर्छ । प्रतिष्ठानको उपाध्यक्ष पद आकर्षक हो ।

राप्रपा नेपालका अध्यक्ष थापाले यही पदरुपी हरियो घाँस देखाइदिएपछि सुरुमा राप्रपाका केन्द्रीय सदस्य हेमजंग गुरुङ कस्सिएका थिए ।

तीनजना केन्द्रीय सदस्य समेत लिएर राप्रपा नेपालमा प्रवेश गरेको तयारीमा उनी थिए । प्रवेशका लागि टीकाटालाको साइत जुराउँदै गर्दा राप्रपाकै अर्का केन्द्रीय सदस्य डा.ठाकुरसिंह थारु पनि कस्सिए ।

उनले टीकाराम चौधरी, अलाउद्दीन मियालगायतका पाँच जना केन्द्रीय सदस्य लिएर आउने बचन दिएपछि यतिबेला हेमजंग गुरुङ पछाडि परेका छन् । तरुण साप्ताहिकले समाचार छापेको छ ।

थारुकै सम्भावना बलियो देखिएको छ । तर भोलि थारुले भन्दा धेरै केन्द्रीय सदस्य लिएर आउने प्रत्याभूति अर्को कसैले दियो भने उपप्रधानमन्त्री समेत रहेका थापाले उसैलाई प्रतिष्ठानको उपाध्यक्ष बनाउने सम्भावना पनि त्यत्तिकै छ ।

पार्टी एकीकरणका लागि वार्ता जारी रहेकै बेला आफ्नो पार्टीका मान्छेहरूलाई तान्ने र केशरबहादुर विष्टलाई निष्कासन गर्ने कमल थापाको कदमप्रति राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दआपत्ति जनाएका छन् ।

समाचार स्रोतका अनुसार महाराजगञ्ज चक्रपथमा ‘ओलिभ’ नाम गरेको चर्चित रेष्टुरेन्ट छ । त्यो रेष्टुरेन्ट राजेन्द्र लिङ्देनका बहिनी ज्वाइँको हो । राप्रपा र राप्रपा नेपालबीचको एकता वार्ता यही रेष्टुरेन्टमा हुने गरेको छ ।

वार्ताका नाममा नेताहरू राति अबेरसम्म यही रेष्टुरेन्टमा बस्ने र लड्ने गरी दारु खाएर पर्कने गरेका छन् । यस क्रममा ११ लाख रुपियाँभन्दा बढी बिल पुगिसकेको छ । तर यो बिल तिर्ने कसले हो भन्ने टुंगो लाग्न नसक्दाविवाद देखिएको छ ।