काठमाडौं, २८ चैत । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वर्तमान एमाले नेतृत्वको सरकारलाई आर्थिक अनुशासन कायम गर्न आग्रह गरेको छ ।
संसदीय दलको तर्फबाट सचेतक ईश्वरी न्यौपानेले आज प्रेस विज्ञप्ति जारी गरेर सरकारले आर्थिक अनुशासन कायम गरोस् भन्ने कांग्रेसको स्पष्ट धारणा रहेको बताउनुभएको हो ।
‘एमालेको नेतृत्वको सरकारले आर्थिक वर्षको अन्त्यमा मनोमानी तथा एकलौटी तरिकाले रकमान्तर गरी आफ्ना सांसदहरुमार्फत बजेट वितरण गर्न लागेको सुन्नमा आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यसतर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो कार्य तत्काल रोकी सरकारले आर्थिक अनुसाशन कायम गरोस् भन्ने कांग्रेस संसदीय दलको स्पष्ट धारणा छ ।’
आर्थिक वर्ष सक्किन केही महिना बाँकी रहँदा मन्त्रालयमार्फत खर्च हुन नसकेको रकमहरु रकमान्तर गरेर सत्तारुढ दलहरुले धमाधम तयारी गरेपछि प्रमुख विपक्षी दल कांग्रेसले सरकारलाई सचेत गराएको हो ।













प्रतिक्रिया