८ कार्तिक २०८३, आइतबार

विदेशका श्रीमानलार्इ लात हान्दै महिला अर्कैसँग भागेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahilaकाठमाडौं । श्रीमान् विदेशमा रहेको समयमा सहकारी र व्यक्तिबाट ऋण लिएर अर्कै पुरुषसँग भाग्ने खोटाङकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।

ऋण लिएर अर्कै पुरुषसँग भागेकी दिक्तेल नगरपालिका-८ की ३५ वर्षीया सुजता राईलाई प्रहरीले पक्राउ गरेको हो। उनका श्रीमान् रोजगारीका सिलसिलामा दुई वर्षदेखि मलेसियामा छन्।

महुली सहकारी संस्था, डिप्रोस सहकारी संस्था र गाउँका स्थानीयसँग ऋण लिएर चैत १७ गते दोस्रो बिबाह गरेर भागेकी रार्इलार्इ उदयपुरको कटारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ऋण दिने व्यक्तिको उजुरीका आधारमा सुजतालार्इ मंगलाबर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विद्यानन्द माझीले बताए।

प्रजित राईसँग विहै गरेर भागेको जानकारी पाएलगत्तै सुजताविरुद्ध प्रहरीमा उजुरी परेको थियो। पक्राउ परेका सुजता र प्रजितलार्इ प्रहरीले अड्डासार गर्दै शुक्रवार दिक्तेल ल्याएको छ।

सुजताले महुली सहकारी संस्थाबाट ७० हजार, डिप्रोस सहकारी संस्थावाट ४० हजार तीन सय ६३ रूपैयाँ र गाउँका स्थानीयसँग ऋण लिएर अर्कै पुरूषसँग भागेको जनाइएको छ। श्रीमानले विदेशबाट कमाएर पठाएको पैसासमेत सुजताले लिएर भागेको स्थानीयले बताएका छन्। नागरिक दैनिकमा समाचार छ ।