८ कार्तिक २०८३, आइतबार

पार्टी फुट्न नदिन बैठक स्थगित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mohan_baidhyaकाठमाडौं, २८ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र पुष्पकमल दाहाल नेतृत्वको एकीकृत माओवादीबीच एकता तत्काललाई टर्ने देखिएको छ ।

वैद्य माओवादीका महासचिव रामबहादुर थापाले तत्कालै पार्टी एकता हुनुपर्ने मतसहित बिहीबार साँझदेखि हस्ताक्षर अभियान थालेपछि संकटमा परेका अध्यक्ष वैद्यले आन्तरिक गृहकार्य नपुगेकाले वैशाख अन्तिम साताफेरि बस्ने भन्दै शनिबार बिहान बैठक स्थगनको निर्णय लिएको कान्तिपुर दैनिकले समाचार छापेको छ ।

चैत १२ देखि सुरु क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक अध्यक्ष वैद्यले स्थगित गरिदिएपछि एकता सम्भावना पर सरेको हो । एकता एजेन्डाकै लागि दुई सातासम्म चलेपछि चार दिनलाई भनेर बैठक स्थगित भएको थियो ।

यसैबीच हस्ताक्षर अभियान सुरु भएपछि वैद्यले सम्भावित संकट रोक्न बैठक रोक्नुपरेको बताएका छन् ।

वैद्यले दलभित्र एकता बहसबारे आन्तरिक एकता गरेपछि मात्रै एकीकृत माओवादीसग एकीकरण हुनु उचित हुने भएकाले स्थगनको निर्णय लिनुपरेको सुनाए ।

पार्टी एकता गर्नुपर्छ भन्ने मतमा सबै एकजुट भए पनि कसरी एकता गर्ने भन्नेमा अझै सहमति हुन बाँकी रहेको उनको भनाइ थियो ।