काठमाडौं, २८ चैत । विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ ।
विश्वविद्यालयले अब टपर विद्यार्थीलाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ । नागरिक दैनिकले समाचार छापेको छ ।
वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताए ।
विश्वविद्यालयका योजना महाशाखा प्रमुख पोखरेलले विश्वविद्यालयले विद्यार्थीको क्षमताको कदर गर्दै विश्वविद्यालय नियममा संशोधन गरी आगामी वर्षदेखि लागू हुने गरी उत्कृष्ट विद्यार्थीलाई सम्मान स्वरुप विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्न लागेको जनाए ।
‘हाललाई विश्वद्यिालय अन्तर्गत रहेको ४ संकार र ५ अध्ययन संस्थामा उत्कृष्ट हुने ९ विद्यार्थीका लागि पहिलो चरणमा रोजगारीको व्यवस्था गर्ने गरी हामीले त्रिवि नियम संशोधन तथा परिमार्जन गर्दैछौ’, प्रमुख पोखरेलले भने, ‘विद्यार्थीले त्रिविबाट प्राप्त गरेको ज्ञान र सीप बर्सेनि विदेशी भूमिमा गएर प्रयोग गर्ने गरेको पायौं ।’
विश्वविद्यालयमा हाल दैनिक औसत तीन शिक्षक कर्मचारीले अवकाश पाउने गरेको तर त्यसअनुसार पदपूर्ति गर्न नसकेको उनले जनाए ।















प्रतिक्रिया