काठमाडौं, २८ चैत । शुक्रबारदेखि सुरु भएको भारतको घरेलु लिन आईपीएल (इण्डियन प्रिमियर लिग) क्रिकेट प्रतियोगितामा नयाँ टिम पुणे सुपरजायन्ट्सले विजयी सुरुआत गरेको छ ।
मुम्बईको वानखेडे स्टेडियममा भएको प्रतियोगिताकै पहिलो खेलमा भारतीय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीले नेतृत्व गरेको पुणेले अजिक्य रहाणेको सर्वाधिक ६६ रनको मद्दतमा मुम्बई ईण्डियन्सलाई ९ विकेटले पराजित गरेका हो ।
टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि हरभजन सिंहले सर्वाधिक ४५ रन बनाएका थिए भने अम्बति रायडुले २२ रनको योगदान दिएका थिए । पुणेका ईशान्त शर्मा र मिचेल मार्शले २–२ विकेट लिएका थिए ।
१२२ रनको लक्ष्यसहित जवाफमा ब्याटिङ गरेको पुणेले १४.४ ओभरमा १ विकेट गुमाएर भेट्टायो । पुणेका लागि अजिक्य रहाणेले ६६ रन बनाएका थिए । उनले ७ चौका र ३ छक्का प्रहार गरे । फाप डुप्लेसीले ३४ रनको योगदान दिए । केविन पिटर्सनले १४ बलमा २२ रन बनाए ।
मुम्बईका हरभजन सिंहले पुणेको एक मात्र विकेट लिन सफल भए ।
















प्रतिक्रिया